नेपाल समुहको भेलामा गए पार्टीले कारवाही गर्ने अध्यक्ष ओलीको चेतावनी

नेकपा एमाले माधव कुमार नेपाल समूहको राष्ट्रिय कार्यकर्ता भेला आज र भोलि  हुँदैछ । ललितपुरको सानेपामा स्थित एक पार्टी प्यालेसमा हुने भेला आज र भोलि चल्ने छ ।

दुई दिनसम्म चल्ने भेलामा केन्द्रीय कमिटीका तर्फबाट अवधारणा पत्र प्रस्तुत गर्ने र त्यसमाथि छलफल गरिने जनाइएको छ । अवधारणपत्रमाथि टोली विभाजन गरी सबै सहभागीले आफ्ना मत राख्ने र पारित गरिनेछ ।

भेलामा एमालेका नेता नेपालले पार्टीको अवस्था तथा हालसम्म भएका गतिविधि समेटिएको प्रतिवेदन पेस गर्ने छन् ।
भेलामा पार्टी केन्द्रीय कमिटी, केन्द्रीय निकाय र केन्द्रीय विभागका सदस्य, प्रदेश कमिटी सदस्य, केन्द्रीय कमिटीका पूर्वसदस्य, संघ तथा प्रदेशका सांसदलगायत दुई हजारभन्दा बढीको उपस्थिति हुनेछन् ।

यसैबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालले बोलाएको भेलामा नजान नेता कार्यकर्तालाई निर्देशन दिएको छ । पार्टीका महासचिव ईश्वर पोखरेलले विज्ञप्ति जारी गर्दै अनाधिकृत र गुटगत भेला नगर्न नगराउन र त्यसमा सहभागी नहुन निर्देशन दिएका हुन् । भेलामा सहभागी भएमा विधानको व्यवस्था एवं नियमावली बमोजिम कारबाही गरिने चेतावनीसमेत दिएका छन् ।

Back to top button