कोरोना भाइरस विरुद्धको खोप अभियान स्थगित

सरकारले कोरोना भाइरस विरुद्धको खोप अभियान स्थगित गरेको छ । भारतको सेरम इन्स्टिच्युटसँग खरिद गरिएको १० लाख डोज खोप नआएपछि अभियान स्थगित गरिएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

भारतले १० लाख कोरोना खोप अनुदानमा दिएपछि १४ माघबाट खोप अभियान सुरु भएको थियो । फ्रन्टलाइनरलाई खोप लगाएपछि सरकारले सेरमसँग २० लाख डोज खरिद गर्न अग्रिम भुक्तानीसमेत गरेको थियो । त्यसमध्ये १० लाख डोज आएपछि फागुन २३ देखि ५५ वर्षभन्दा माथिका नागरिकलाई खोप दिन सुरु गरिएको थियो ।

बुधबारसम्म १६ लाख ७३ हजार २२७ जनाले कोरोना खोप लगाएका छन् । तर सेरमले दिन बाँकी १० लाख डोज खोप दिन आनाकानी गरेपछि खोप अभियान नै रोकिएको हो । पहिलो डोज लगाएकाहरुलाई वैशाख ७ गतेदेखि दोस्रो डोज दिनुपर्ने भएकाले बाँकी खोप स्टक राखिएको हो  ।

Back to top button