कोरोनाको संक्रमण दर उच्वः वैशाख मसान्त सम्म विद्यालय बन्द

कोरोना भाइरस (कोभिड-१९) संक्रमण बढ्दै जान थाले पछि कोभिड-१९ व्यवस्थापन केन्द्र (सीसीएमसी) ले ठूला सहरका विद्यालय वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस गरेको छ ।

शनिबार सिंहदरबारमा बसेको सीसीएमसकिो बैठकले वैशाख मसान्तसम्म विद्यालय बन्द गर्न सिफारिस गर्ने निर्णय गरेको हो । विद्यालयको पढाइलाई वैकल्पिक विधिबाट अगाडि बढाउने विषयमा छलफल गर्दै यस्तो निर्णय गरेको हो । विद्यालयमा संक्रमण बढी देखिएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नै विद्यालय र भीडभाड हुने स्थानमा नजान अनुरोध गरेको थियो ।

सीसीएमसीको सिफारिसलाई मन्त्रिपरिषद्ले पारित गरेमा मात्र त्यो कार्यान्वयन हुनेछ । अन्य स्थानीय तहको हकमा भने प्रदेश र स्थानीय तहले निर्णय गरेअनुसार हुनेगरी सीसीएमसीले यस्तो निर्णय गरेको हो ।

नेपालमा पछिल्लो समय देशभर कोरोना संक्रमण बढ्दै गएपछि सरकारले कडाइ गर्न लागेको हो । बैठकमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि थप कडाइ गर्ने विषयमा विभिन्न विषयमा छलफलसमेत भएको छ ।

Back to top button