संसद अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषदको निर्णय

सरकारले  संसद अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ । सोमबार विहान बसेको मन्त्रिपरिषद बैठकले जारी अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय गरेको हो । सरकारको सिफारिसमा राष्ट्रपतिले अधिवेशन अन्त्य र आह्वान गर्ने संवैधानिक व्यवस्था छ ।

कृषिमन्त्री पद्ममाकुमारी अर्यालका अनुसार अनुसार दिउँसो १ बजेबाट अधिवेशन अन्त्य गर्ने निर्यण भएको हो ।  जेठ १५ गते बजेट ल्याउने र त्यसअघि नै सरकारका नीति तथा कार्यक्रम सार्वजनिक गर्नुपर्ने भएकाले अधिवेशन अन्त्य गर्ने निर्णय गरिएको बताईएको छ ।

हिउँदे अधिवेशन अन्त्य भएपछि बजेट अधिवेशन सुरु हुने छ । त्यसको मिति पनि सरकारको सिफारिसमा राष्ट्रपतिले नै तोक्ने व्यवस्था छ ।

संसद पुनर्स्थापना भएपछि गत फागुन २३ गतेदेखि हिउँदे अधिवेशन सुरु भएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते विघटन गरेको संसदलाई पुनर्स्थापना गर्न सर्वोच्च अदालतले फागुन ११ गते आदेश दिएको थियो ।

Back to top button