कोरोनाविरुद्धकाे दाेस्राे भ्याक्सिन आजदेखिः उपत्यकामा ३५ खोप केन्द्र

कोरोना भाइरसविरुद्धको पहिलो डोज खोप लगाएकालाई आज देखि दोस्रो डोज खोप सुरुभएको छ । दोस्रो डोजको खोप अभियान ११ गतेसम्म चल्नेछ । खोप अभियानअन्तर्गत काठमाडौं उपत्यकाको तीन जिल्लामा ३५ वटा खोप केन्द्रको व्यवस्था गरिएको छ ।

स्वास्थ्य कार्यालय काठमाडौंले काठमाडौंमा १९ वटा, स्वास्थ्य कार्यालय ललितपुरले ११ वटा र स्वास्थ्य कार्यालय भक्तपुरले ५ वटा खोप केन्द्रको व्यवस्था गरेको छ ।

गत माघ १४ देखि १० फागुनसम्म पहिलो डोज खोप लगाएकाहरुले खोप केन्द्रमा बिहान १० देखि अपरान्ह ४ बजेसम्म खोप लगाउन सक्नेछन् । पहिलाे खाेप जुनै स्थानमा लगाएकाे भए पनि दाेस्राे खाेप आफूलाई पायक पर्ने केन्द्रबाट लगाउन सकिने बताइएकाे छ ।

Back to top button