वार्तालाई कमजोरी नठान्न एमाले अध्यक्ष ओलीको चेतावनी

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र गुटगत गतिविधिलाई मान्यता नदिने प्रष्ट पारेका छन् । माधव कुमार नेपाल समुहलाई लक्षित गर्दै अध्यक्ष दाहालले सम्झाउने बुझाउने प्रयास भइरहेको तर यसलाई  कमजोरीको रुपमा नलिन चेतावनीसमेत दिएका छन् ।

बल्खुमा आज आयोजित पार्टी केन्द्रीय कार्यालयको भवन शिलान्यास कार्यक्रमलाई बोल्दै ओलीले पार्टी अनुशासित बनाउनुपर्छ, अनुशासनहीनतासँग सम्झौता गर्न नसक्ने प्रष्ट पारेका हुन् ।

माधव–झलनाथ समूहका नेताहरुलाई लक्षित गर्दै उनले अनुशासित भएर पार्टीमा काम गर्न आग्रह गरे । ओलीले, ‘अहिले पनि हाम्रो प्रयास सम्झाउने बुझाउने छ । अनुशासित भएर पार्टीमा काम गरौं भनेर हरेकलाई सम्झाइरहेको बताए ।

Back to top button