दोस्रो दिनको वार्ता पनि सकारात्मक भएनः नेपाल खेमा तनावमा

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच बिहीबार पनि वार्ता भएको छ । राजधानीको मेरियट होटलमा वार्ता भएको हो ।

विभाजनको संघारमा पुगेको एमालेका दुई शीर्ष नेताहरूबीच बुधबार मेरियट होटलमै सरप्राइज वार्ता भएर आइसब्रेक भएको थियो । बिहीबारको वार्ताबाट पार्टी एकताको पक्षमा केही सन्देश आउने बताइए पनि सम्वाद सकारात्मक नभएको प्रतिक्रिया नेपाल पक्षले दिएको छ ।

होटलबाट बाहिरिएका नेपालले ‘कुराकानीमा कुनै प्रगति नभएको प्रतिक्रिया दिए ।  वार्तामा दुवै पक्ष आ आफ्ना अडानमा अडिएकोले कुराकानी खासै अघि बढ्न नसकेको बताइएको छ ।

बिहीबार वार्ताका लागि मेरियट पुगेका अध्यक्ष ओली र नेता नेपाल दुवै प्रशन्‍न मुद्रामा देखिन्थे । तर वार्ता सकेर निस्कँदाको अनुहारको हाउभाउ खासै उत्साहजनक देखिएन । पार्टीका नेता तथा अर्थमन्‍त्री विष्णु पौडेलललगायतका दुवैतिरका केही युवा नेताहरुको विशेष पहलमा यो वार्ता संभव भएको हो ।

 

Back to top button