काठमाडौं जिल्ला प्रशासन कार्यालय २० गतेसम्म बन्द

कर्मचारीमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएपछि काठमाडौं  कार्यालय एक साताका लागि कार्यालय बन्द भएको छ ।

आइतबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) कालीप्रसाद पराजुलीले सूचना सार्वजनिक गर्दै सोमबारदेखि वैशाख २० गतेसम्म अत्यावश्यक कामबाहेक सेवा बन्द भएको जानकारी गराएका हुन् ।

पराजुलीका अनुसार अब शान्ति सुरक्षासँग सम्बन्धित निवेदन, मुद्दासँग सम्बन्धित कार्य र अन्य अत्यावश्यक सिफारिसबाहेक अन्य काम हुने छैनन् ।

तत्कालका लागि नयाँ नागरिकता, नागरिकता प्रतिलिपी, नाबालिक परिचयपत्र, राहदानी वितरण तथा सिफारिस, हातहतियार दार्ता र नवीकरण, संस्था दर्ता तथा नवीकरण र पत्रपत्रिका दर्ताको काम हुने छैन ।

Back to top button