सिंजा दरबारको ऐतिहासिक महत्व बुझ्न, कांग्रेस नेता गुरुङ जुम्लामा

नेपाली कांग्रेका युवा नेता एवं केन्द्रीय सदस्य धनराज गुरुङले नेपाली भाषाको उपत्पति थलो जुम्लाको सिंजा दरबार र कनकासुन्दरी भगवती मन्दिरको ऐतिहासिक महत्वबारे जानकारी लिएका छन् । केन्द्रीय सदस्य गुरुङले कनकासुन्दरी गाउँ पालि वाडा ४ का सचिव कुष्न बिक्रम आचार्यको घरमै गएर सिंजा सभ्यता र सिंजा बारेमा छलफल र जानकारी लिएका हुन् ।

उनि नेपाली कांग्रेस कनकासुन्दरि गाउँ पालिका सिंजा जुम्लामा शुभकामना आदान प्रदान कार्यक्रम लागि जुम्ला पुगेका हुन । सोहि क्रममा केन्द्रीय सदस्य गुरुङले सिंजा दरबार र कनकासुन्दरी भगवती मन्दिर दर्शन तथा अवलोकन गरेका थिए । सो अवसरमा नेपाली कांग्रेस तरुण दलका नेता लालबहादुर जीसीले केन्द्रीय सदस्य गुरुङलाई सिंजा दरबार र कनकासुन्दरी मन्दिरको ऐतिहासिक महत्व बारे जानकारी गराएका थिए ।

 

 

Back to top button