काठमाडौं उपत्यकामा वैशाख१६ देखि निषेधाज्ञाः अत्यावस्यक बाहेकका सेवा बन्द

कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा १६ वैशाखदेखि निषेधाज्ञा लगाउने निर्णय भएको छ । सोमबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो । निषेधाज्ञा अवधिभर अति आवश्यक बाहेकका सबै सेवा बन्द हुने छन् ।

आइतबार बसेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले काठमाडौंलगायतका सहरी क्षेत्रमा संक्रमणको जोखिम बढ्दै गएकाले निषेधाज्ञा जारी गर्न सरकारलाई सिफारिस गरेको थियो । सहरी क्षेत्रमा ५०० र ग्रामिण भेगमा २०० भन्दा बढी सक्रिय संक्रमित भए निषेधाज्ञा लगाउन सक्ने सीसीएमसी ले निर्णय गरेको थियो ।

Back to top button