प्रधानमन्त्री ओलीले जनतालाई सपना मात्रै बाँडेः नेता गुरुङ

जुम्लामा १०५ जना नेकपा माओवादी केन्द्र परित्याग गरेर नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन् । सोमबार आयोजित कार्यक्रममा नेपाली कांग्रेसका युवा नेता एवं केन्द्रीय सदस्य धनराज गुरुङले माओवादी परित्याग गरेकाहरुलाई टिका लगाएर कांग्रेस प्रवेश गराएका हुन् ।

कनकासुन्दरि गाउँपालिका सिंजा जुम्लामा शुभकामना आदानप्रदान कार्यक्रममा प्रमुख अतिथिको रुपमा पुगेका कांग्रेस केन्द्री सदस्य गुरुङको  नव प्रवेश गरेकाहरुलाई टिका लगाएर पार्टीमा स्वागत गरेका थिए ।  उनिहरु बसै माओबादी परित्याग गरेका हुन ।

शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै नेता गुरुङले नेपाली जनातालाई पानी जाहाजको सपना देखाउने प्रधानमन्त्री केपी ओलीले सात महिना देखि त्रिपाल ओडाएर रेल राखेको बताए । उनले रेल चलाउन नसक्ने ‌ओलीले देश कसरी चलाउछन् भनि प्रश्न गरे । ओलीेले जनतालाई सपना मात्रै बाडेको उनको टिप्पणी छ ।

उनलेले कांग्रेसको पालामा भएको  ६२/६३ आन्दोलन शान्ति सम्झौता हुँदै संविधान जारी भएको स्मरण गर्दै  नेपाली कांग्रेस मात्रै विकल्प भएको दावी गरे ।

Back to top button