‘मास्क प्र्याङ्क’ गरेको अभियोगमा दुई जना युट्युबर देश निकाला

नक्कली मास्क बनाएर झुक्याएको आरोपमा दुई युट्युबरलाई इन्डोनेसियाले देश निकाला गरेको छ । बाली क्षेत्रमा रहेको एक ग्रोसरीमा उनीहरुमध्ये लिसा नामक युवतीले अनुहारमा मास्क पेन्ट गरी ग्रोसरी प्रवेश गरेको देखिएको छ । बाली क्षेत्रमा बनाएको उक्त प्र्याङ्यक भिडियो जोश पलर लिनले आफ्नो युट्युब च्यानलमा राखेका थिए ।

त्यसको केही समयमै उक्त भिडियो चर्चित भयो र आलोचना पनि शुरु भयो।  इन्डोनेसियामा कोरोना संक्रमण रोकथामका लागि कडा नियम लागु गरिएको छ । जसमा सार्वजनिक स्थानमा मास्क नलगाउनेलाई ७० अमेरिकी डलर जरीवाना तोकिएको छ । उक्त भिडियोमा आलोचना बढेपछि जोशले भिडियो त हटाए तर कानुनले उनलाई छाडेन । जोश र लिसा दुबैजना देशनिकालामा परे ।

 

Back to top button