बेङ्ग्लोरविरुद्ध पञ्जाबको ३४ रनको जित

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शुक्रवार भएको खेलमा पञ्जाब किङ्सले रोयल च्यालेन्जर्स बेङ्ग्लोरमाथि जित निकालेको छ । अह्मेदावादको नरेन्द्र मोदी स्टेडियममा सम्पन्न खेलमा पञ्जबले बेङ्ग्लोरमाथि ३४ रनको जित निकालेको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १७९ रन बनाएको थियो । जवाफी ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४५ रन मात्रै बनाउन सक्यो ।

पञ्जाबका लागि कप्तान केएल राहुलले अविजित रहँदै सर्वाधिक ९१ रन बनाउँदा क्रिश गेलले ४६ रन बनाए । त्यस्तै, हरप्रीत ब्रारले २५ रन जोडे । बेङ्ग्लोरका लागि कायल जेमिसनले २ तथा डेनियल साम्स, युजभेन्द्र चहल र सहबाज अहमेलले समान १/१ विकेट लिए ।

जवाफी ब्याटिङमा उत्रिएको बेङ्ग्लोरका लागि कप्तान बिराट कोहलीले ३५ रन बनाउँदा रजत पतिदार र हर्शल पटेलले समान ३१/३१ रन जोडे । त्यस्तै, कायल जेमिसनले १६ रन बनाए। पञ्जाबका हरप्रीत ब्रारले ३ र रवि बिश्नोईले २ तथा राइली मेरेडिथ, मोहम्मद शामी र क्रिश जोर्डनले १/१ विकेट लिए ।

Back to top button