आन्तरिक तथा बाह्य उडान बन्दः भारतमा दुई उडान हुने

कोभिड १९ बाट संक्रमितहरुको संख्या बढ्दै गएपछि सरकारले नेपाल र भारतबीच सातामा दुई उडान हुने गरी सबै आन्तरिक तथा बाहृय उडान बन्द भएको छ ।

कोरोना रोकथामका लागि भन्दै सरकारले वैशाख २० गते राति १२ बजेबाट लागू हुने गरी सबै आन्तरिक उडान बन्द गरिएको छ । यो निर्णय वैशाख मसान्तसम्म लागु हुने छ ।

वैशाख २३ गते (बिहीबार) राति १२ बजेबाट लागू हुने गरी सबै अन्तर्राष्ट्रिय उडान बन्द गरिएको छ । तर, भारतसँगको उडान भने सातामा दुई वटा कायम रहने भएको छ ।

भारत र नेपालबीच एयर बबल स्किमअनुसार उडानलाई सरकारले कटौती गर्न सकेन । भारतसँग दुई तर्फी उडान हुने छन् ।

यहाँबाट आउने यात्रु १० दिन क्वारेन्टिनमा बस्नु पर्ने निर्णय भएको छ । अत्यावश्यक अवस्थामा अनुमति लिएर चार्टर्ड उडान भने गर्न सकिने छ ।

Back to top button