प्रधानमन्त्री ओलीलाई बहुमत लिनबाट रोक्ने कांग्रेसको निर्णय

नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बहुमत लिनबाट रोक्ने निर्णय गरेको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले प्रधानमन्त्री ओलीलाई विश्वासको मत लिनबाट रोक्ने निर्णय गरेको हो ।

कांग्रेसले विश्वासको मत जुटाउनबाट रोक्ने र वैकल्पिक सरकारबारे छलफल गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री ओलीले वैशाख २७ मा संसदबाट विश्वासको मत लिने बताएका छन् ।

कांग्रेसले ओली सरकार हटाउन अरू दलसँग पनि पहल गर्ने निर्णय गरेको छ । केन्द्रदेखि लुम्बिनीलगायत प्रदेशमा असंवैधानिक क्रियाकलाप प्रधानमन्त्री मार्फत् भइरहेको भन्दै कांग्रेस बैठकले भर्त्सना पनि गरेको छ । सरकारले संवैधानिक आयोगलगायत काम अध्यादेशबाट ल्याएकोमा पनि विरोध गरेको छ ।

Back to top button