वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन

वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको निधन भएको छ । छातीमा समस्या देखिएपछि सुन्धारास्थित न्युरो अस्पतालमा उपचाररत ८३ वर्षीय प्रधानको बिहीबार बिहान निधन भएको हो ।

वरिष्ठ गायक तथा संगीतकार प्रधानका ‘घुम्तीमा नआउ है…’, ‘पर लैजाऊ फूलहरू…’, ‘बाँधिए माया…’ लगायत धेरै चर्चित गीतहरु  छन् । यस अघि उनलाई कोरोना पोजेटिभ देखिएको थियो ।

Back to top button