कोरोनाबाट एकैदिन ८८ जनाको मृत्युः ९ हजार भन्दा बढी संक्रमित

कोरोना संक्रमणबाट एकै दिन ८८ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार पछिल्लो २४ घण्टामा ८८ जनाको निधन भएको हो । नेपाल कोरोनाका कारण एकै दिन यति धेरैको मृत्यु भएको पहिलो पटक हो ।

मन्त्रालयका अनुसार योसँगै नेपालमा ३ हजार ७२० जना संक्रमितको निधन भएको छ । यसैगरी आज देशभर ८ हजार ७७७ जना पीसीआर विधिबाट र ७७ जना व्यक्ति एन्टीजेन विधिबाट परीक्षण गर्दा संक्रमित पुष्टि भएका छन् ।

पछिल्लो २४ घण्टामा देशभर १८ हजार ७८७ जनाको पीसीआर र ५०६ जनाको एन्टीजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।

Back to top button