नेपाल, रावल, भुसाल र पाण्डेलाई गरिएको कारवाही फुकुवा

नेकपा एमालेले चार नेतामाथि यस अघि गरेको कारबाही फिर्ता लिने निर्णय गरेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान  बसेको बैठकले माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेमाथि गरिएको कारबाही फिर्ता लिने निर्णय गरेको हो ।

पार्टी एकतालाई ध्यानमा राखेर कारवाही फिर्ता लिने निर्णय भएको बताईएको छ । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले संसदमा विश्वासको मत लिन नसकेपछि एमाले माधव कुमार नेपाल समुह निर्णायक भूमिकामा छ । यस कारण पनि अध्यक्ष ओलीले चार नेताहरुलाई यस अघि गरिएको कारवाही फिर्ता लिएको हो । पार्टी अध्यक्ष सँग असन्तुष्ट पक्षले राजीनामा बुझाए गठबन्धनलाई सकार बनाउन सजिलो पर्ने छ ।

Back to top button