महामारीमा सरकारको चरम लापरवाही गर्यो: सभापति देउवा

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड-१९ को महामारीमा सरकारको लापरवाहीका कारण मृत्यु हुनेको संख्या बढेको टिप्पणी गरेका छन् । मुस्लिम समुदायको पर्व इल उल फित्रको शुभकामना दिँदै देउवाले महामारीमा सरकारको लापरवाहीका कारण मृत्यु हुनेको संख्या बढेको बताएका हुन् ।

‘देश अहिले कोभिड—१९ महामारीको दोस्रो चरणमा छ। सरकारको चरम लापरवाही, असंवेदनशीलता र अर्कमन्यताका कारण बढ्दो संक्रमणसँगै आइसियु बेड, भेन्टिलेटर र अक्सिजनको अभावमा मृत्यु हुनेको संख्या पनि दिनानुदिन बढ्दो छ,’ शुभकामना सन्देशमा देउवाले भनेका छन्, ‘यस्तो परिस्थितिमा नागरिक आफै पनि सचेत हुन जरुरी छ ।’

देउवाले यस अवस्थामा कोरोनाको जोखिमलाई दृष्टिगत गर्दै नियमित रुपमा नमाज गरी राख्दा स्वास्थ्य सुरक्षाका मापदण्डलाई ख्याल गरी भौतिक दुरी कायम राख्दै पारस्परिक एकता, विश्वास र प्रेमका साथ ‘इद उल फित्र’ मनाउन आग्रह गरेका छन् । पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वाससमेत आफूले लिएको उनले बताएका छन् ।

Back to top button