चौधरी उद्योगग्रामको बियर प्लान्टमा आगलागी

पूर्वी नवलपरासीको देवचुली नगरपालिका–२ दुम्कौलीस्थित चौधरी उद्योगमा आगलागी भएको छ । उद्योगपति विनोद चौधरीको ‘चौधरी उद्योग ग्राम ’परिसरमा रहेको नेपाल आइस बुरअरीको बियर प्लाण्ट र गोदाममा आगलागी भएको हो ।

बिहान ९ बजेदेखि लागेको आगो मध्यान्ह मात्रै नियन्त्रणमा आयोको थियो । आगो निभाउन पूर्वी नवलपरासी, चितवन र नेपाली सेनाका गरी ६ वटा दमकलले प्रयास  गरेक छन् ।आगो लागिबाट क्षतिको विवरण आइ सकेको छैन ।

गोदाभित्र रहेका सबै बियर नष्ट भएकाले करडौंको क्षति भएको हुनसक्ने अनुमान गरिएको छ । आगलागी विद्युत सर्टका कारण भएको बताइएको छ ।

Back to top button