हत्या अभियोगमा गोल्ड मेडलिस्ट सुशील कुमार पक्राउ

दुई पटकका ओलम्पिक गोल्ड मेडलिस्ट तथा चर्चित भारतीय रेस्लर सुशील कुमार हत्याको अभियोगमा पक्राउ परेका छन् ।

अर्का भारतीय रेस्लरलाई पिटेर हत्या गरेको अभियोगमा नयाँदिल्लीबाट उनी पक्राउ परेका हुन् । दिल्ली प्रहरीका अनुसार ३७ वर्षीय खेलाडीलाई हिरासतमा राखी छानविन भइरहेको छ ।

दिल्ली प्रहरीका अनुसार सुशीलले गत मे ४ तारिखमा छत्रसल रंगशालामा जुनियर रेस्लर सागर रानालाई निर्घात कुटपिट गरेका थिए । २३ वर्षीय रानालाई नियन्त्रणमा लिएर निर्घात कुटपिट गरेको भिडियो समेत सामाजिक सञ्जालमा भाइरल बनेको छ ।

कुटपिटपछि तीनजना अस्पताल भर्ना भएका थिए । घाइते सागरको उपचारको क्रममा मृत्यु भएको थियो । त्यस घटनापछि सुशील कुमार भने दिल्लीबाट भागेर छत्तिसगढ लगायत विभिन्न सहर पुगेका थिए ।

तर केही दिनपछि फेरि दिल्ली आएका सुशीललाई प्रहरीले रेलवे स्टेशनबाट पक्राउ गरेको हो । सुशील कुमारले पक्राउ परेपछि आफूले कुनै गल्ती नगरेको जिकिर गर्दैआएका छन् ।

Back to top button