ढुङ्गा,गिट्टी,बालुवा निकासी नीतिगत भ्रष्टचार: नेता थापा

नेपाली कांग्रेसका नेता गगन थापाले सरकारले ढुंगा, गिटी र बालुवा निकासी गर्नेगरी बजेटमा समावेश गर्नु नीतिगत भ्रष्टाचार भएको बताएका छन् । नदीजन्य पदार्थ निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने भन्दै बजेटमा सरकारले यस्तो कार्यक्रम घुसाएर आफ्नो असल अनुहार घटिया सोच उजागर गरेको थापाको भनाइ  छ ।

वातावरण र चुरे संरक्षणमा सरकार कति असंवेदनशिल छ भन्ने कुरा यसले प्रस्ट देखाएको उनको आरोप छ । ‘संसद नभएको बेला असंवैधानिक सरकारले अवैधानिक तवरले जस्केलाबाट ल्याएको बजेटमा ‘नेपालको ढुङ्गा,गिट्टी,बालुवा निकासी गरेर व्यापार घाटा न्यूनीकरण गर्ने’ कार्यक्रम घुसाएर सरकारले आफ्नो असली अनुहार र घटिया सोच उजागर गरेको छ,’ उनले भने,’ वातावरण र चुरे संरक्षणमा सरकार कति असंवेदनशिल छ प्रस्ट भएको छ ।’

बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै थापाले भनेका छन्,’ यो ‘नीतिगत भ्रष्टाचार हो ‘। आफ्ना ‘यार’लाई पोस्न सरकार कुन हदसम्म गिर्छ भन्ने कुरा पुन:छर्लङ्ग भएको छ । चुरे क्षेत्र तहस नहस पारेर तराईलाई मरभुमिकरण गर्न उद्धत यस्ता प्रयत्नलाई विगतमा संसदीय समितिमा हुँदा पनि पटक पटक रोकेको हो । यसपटक पनि सरकारको यो निर्णय रोकेरै छाड्नेछौँ ।’

संसद् नभएका बेला अध्यादेशमार्फत् ल्याएको बजेटमा अवैधानिक तवरले यस्ता कार्यक्रम समावेश गरिएको थापाको भनाइ छ । उनले यस्ता जनविरोधी कार्यक्रमको प्रतिरोध गर्न सबैमा आग्रह गरेका छन् ।

Back to top button