जसपामा दुबै अध्यक्ष निष्कासितः अनौपचारिक रुपमा पार्टी फुट्यो

जनता समाजवादी पार्टी (जसपा) मा एक पक्षले अर्को पक्षलाई कारबाही गरेका छन् । जसपाका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो सर्वेन्द्रनाथ सुक्ल र लक्ष्मणलाल कर्णलाई पार्टीबाट निश्कासन गरेलगत्तै यादव कारबाहीमा परेका हुन् ।

अध्यक्ष यादवलाई अर्का अध्यक्ष ठाकुर पक्षले कारबाही गरेको हो । भट्टराई-यादव पक्षले कार्यकारिणी समिति बैठक बोलाएर ठाकुर र महतो सहित शुक्ल र कर्णलाई ‍पार्टीबाट निश्कासन गरेको छ ।

आफूहरूमाथि कारबाही गरेलगत्तै ठाकुर-महतो पक्षले पनि यादवलाई पार्टीबाट निश्कासन गरेको छ । दुई पटकसम्म सोधिएको स्पष्टिकरणको जवाफ नआएपछि उपेन्द्रजीलाई पार्टीबाट निश्कासन गरिएको बताइएको छ ।

सरकार गठन प्रक्रियालाई लिएर जसपा विभाजनको संघारमा पुगेको हो । जसपाको ठाकुर-महतो पक्षले वर्तमान सरकरलाई साथ दिएको छ । यो समूह केपी ओली नेतृत्वको सरकारमा जाने अन्तिम तयारीमा छ । तर भट्टराई-यादव पक्ष भने ओलालाई हटाउने पक्षमा छन् ।

जसपाको कार्यकारिणी समितिमा भट्टराई-यादव पक्षको बहुमत छ भने विघटित प्रतिनिधि सभामा ठाकुर-महतोको बहुमत छ ।

Back to top button