उपत्यकामा ३१ गते सम्म निषेधाज्ञाः आजबाट केहि खुकुलो

काठमाडौं उपत्यकामा आजबाट निषेधाज्ञा केहि खुकुलो पारिएको छ । पूर्ण रुपमा बन्द रहेको उपत्यकामा विहान ९ बजे सम्म पसल सञ्चालन गर्न दिइएको छ । जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्दै  जेठ २१ गतेदेखि जेठ ३१ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरि सकेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले अब खाद्यान्न, किराना पसल, डिपार्टमेन्ट स्टोर, अनलाइन डेलीभरी, किताब पसल बिहान ९ बजेसम्म खुल्न पाउने छन् ।

प्रशासनले उद्योग, निर्माण कार्य सुरक्षित ढंगले काम गर्न पाइने, ढुवानी सामग्री राति ९ बजेदेखि बिहान ४ बजेसम्म सञ्चालन गर्न पाउने जनाएको छ ।

अब स्वास्थ्य मापदण्ड पूरा गरेर बिहान ९ बजेसम्म वर्कशप सञ्चालन गर्न पाइने छ । उद्योगले कामदारको आवासीय व्यवस्था मिलाएर काम गर्न सक्नेछन् । आवासीय प्रबन्ध मिलाएमा सञ्चालनका लागि प्रशासनले सहजिकरण गर्ने भएको हो ।

केही समय यता काठमाडौं उपत्यकामा कोरोना संक्रमण र मृत्यु दरमा केही कमी आएको छ । विज्ञले कोरोना संक्रमण दर घटेपनि जोखिम भने यथावत रहेको बताएका छन् ।

 

Back to top button