१ नम्बर प्रदेशको अधिवेशन जेठ २४ मा बोलाउन सिफारिस

१ नम्बर प्रदेशको वर्खे अधिवेशन बोलाउन मन्त्रिपरिषदले सिफारिस गरेको  छ । बिहीबार विहान बसेको प्रदेश मन्त्रिपरिषद बैठकले वर्खे अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।

आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मतकुमार कार्कीका अनुसार जेठ २४ गते अपरान्ह २ बजे बैठक बस्ने गरी प्रदेश प्रमुखसमक्ष अधिवेशन आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।

प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याउने चर्चाबीच अधिवेशन बोलाउन सिफारिस भएको हो । अध्यादेशबाट बजेट ल्याउन लागेको भन्दै चौतर्फी विरोध भइरहेको थियो ।

बुधबारको मन्त्रिपरिषद बैठकले प्रि-बजेट छलफल छल्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको थियो । यसको विपक्षी दलहरुले विरोध गरेका थिए ।

 

Back to top button