माधव नेपालले बोलाएको बैठकमा सहभागी नहुन पार्टीको निर्देशन

नेकपा एमालेले माधवकुमार नेपालले बोलाएको बैठकमा सहभागी नहुन नेताहरूलाई निर्देशन दिएको छ । एमाले सचिव शेरबहादुर तामाङले विज्ञप्ति निकालेर पार्टीले कारवाही गरेका अनधिकृत व्यक्तिले बोलाएको एमाले केन्द्रीय कमिटी बैठकमा सहभागी नहुन भनेका छन् ।

अध्यक्ष केपी शर्मा ओलीले हालैको स्थायी कमिटी बैठकबाट झलनाथ खनाल, नेपालसहित ११ नेतालाई पार्टीबाट निकालेका थिए ।

नेपालले आज बिहान ११ बजे भर्चुअल रूपमा केन्द्रीय कमिटी बैठक बोलाएको छ । अध्यक्षसँगको परामर्शमा महासचिवले बैठक बोलाउने एमालेको वैधानिक व्यवस्था रहेको विज्ञाप्तिमा उल्लेख छ ।

Back to top button