मन्त्रिपरिषद् पुनर्गठनः ३ उपप्रधानमन्त्री सहित १२ मन्त्री थपिए

प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । पुनर्गठित मन्त्रिपरिषद्मा ३ जना उपप्रधानमन्त्रीसहित १२ मन्त्री र २ जना राज्यमन्त्री थपिएका छन् । मन्त्रिपरिषदमा विष्णु पौडेल उपप्रधानसहित अर्थ, रघुवीर महासेठ उपप्रधानसहित परराष्ट्र र राजेन्द्र महतो उपप्रधानसहित शहरी विकास मन्त्री बनेका छन्। उनीहरूले शुक्रबार नै राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका हुन्  ।

त्यस्तै बसन्त नेम्वाङ भौतिक पूर्वाधार तथा यातायत, कृष्णगोपाल श्रेष्ठ शिक्षा र लीलानाथ श्रेष्ठ कानून मन्त्रीका रुपमा यथावत रहनेछन् । शेरबहादुर तामाङलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

जसपाबाट महतोबाहेक ७ जनाले मन्त्री र २ जनाले राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् । शरतसिंह भण्डारी ऊर्जा, जलस्रोत तथा सिँचाई, अनिल झा खानेपानी तथा सरसफाई, लक्ष्मणलाल कर्ण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बनेका छन् ।

यस्तै विमल श्रीवास्तव श्रम, रोजगार तथा सामाजिक सुरक्षा, उमाशंकर अरगरिया संस्कृति पर्यटन तथा नागरिक उड्यान, चन्दा चौधरी महिला, बालबालिका तथा जेष्ठ नागरिक, एकवाल मियाँ युवा तथा खेलकुद मन्त्री भएका छन् ।

यस्तै चन्द्रकान्त चौधरी ऊर्जा र रेणुका गुरुङ महिला बालबालिका तथा जेष्ठ नागरिक राज्य मन्त्री बनेका छन् । उपेन्द्र यादवको साथ छोडेका विमल श्रीवास्तव, उमाशंकर अरगरिया र रेणुका गुरुङले सरकारमा जाने मौका पाएका हुन् । नवनियुक्त मन्त्रीहरूले आजै राष्ट्रपति विद्या देवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका छन् ।

प्रधानमन्त्री ओलीले रक्षा, गृह, पर्यटन, सञ्चार, सामान्य प्रशासन, कृषि र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय आफैसँग राख्ने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओली : रक्षा, गृह,सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन।
विष्णु पौडेल : उपप्रधानमन्त्री, अर्थ
राजेन्द्र महतो : उपप्रधानमन्त्री, शहरी विकास
रघुवीर महासेठ : उपप्रधानमन्त्री, परराष्ट्र
शेरबहादुर तामाङ : स्वास्थ्यमन्त्री
कृष्णगोपाल श्रेष्ठ : मन्त्री, शिक्षा
बसन्तकुमार नेम्वाङ : मन्त्री, भौतिक पूर्वाधार तथा यातायात
लीलानाथ श्रेष्ठ : मन्त्री, कानून न्याय तथा संसदीय मामिला
शरतसिंह भण्डारी : मन्त्री, ऊर्जा
अनिल झा : मन्त्री, खानेपानी तथा सरसफाई
विमल श्रीवास्तव : श्रम तथा रोजगार
उमाशंकर अरगरिया : मन्त्री, संस्कृति पर्यटन तथा नागरिक उड्यान
लक्ष्मणलाल कर्ण : मन्त्री, भूमि व्यवस्था
चन्दा चौधरी : मन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक
एकवाल मियाँ : मन्त्री, युवा तथा खेलकुद
चन्द्रकान्त चौधरी : राज्यमन्त्री, ऊर्जा
रेणुका गुरुङ : राज्यमन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक

Back to top button