पशुपतिमा अर्को प्रपञ्च, पुनः सदस्य सचिव हत्याउने षडयन्त्र गर्दै ढकाल

भ्रष्टाचार काण्डै काण्डमा मुछिएका पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदिप ढकाल आफ्नो कार्यकाल सकिन दुई महिना बाँकी छँदै अर्को खेलमा लागेका छन् । विकास कोषमा ४ वर्षे कार्यकाल सकिनै लाग्दा उनि दुई महिना अघि नै सदस्य सचिवबाट राजीनामा गरेर अर्को षडयन्त्रमा लागेको बुझिएको छ । नव नियुक्त संस्कृती पर्यटन तथा नागरिक उड्डयान मन्त्री उमाशंकर अरगरियालाई प्रलोवनमा पारेर अर्को कार्यकालका लागि सदस्य सचिव हत्याउने खेलमा लागेको विकास कोष स्रोतले जनाएको छ ।

सदस्य सचिव ढकाल चुनावी सरकारका पर्यटन मन्त्री अरगरियाको कार्यकालमै सेटिङ मिलाएर विकास कोषमा अर्को कार्यकाल हत्याउने प्रपञ्च गरिका छन स्रोतले भन्यो । यसमा ठुलै आर्थिक लेनदेन हुन सक्छ । यस अघि पनि ढकालले चार करोड भन्दा बढी मन्त्रीलाई घुष खुवाएर सदस्य सचिव बन्न सफल भएको स्रोतको दावी छ । कोषमा करोडौ भ्रष्टाचार भएको समाचार सगरमाथा खबरले तथ्यको आधारमा प्रकाशित गरेको थियो । भ्रष्टाचारको समाचार प्रकाशित भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन सुरु गरेको छ ।  भ्रष्टाचार भएको तथ्य सहित अख्तियारमा यस अघि उजुरी परिसकेको छ ।

 

Back to top button