गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली नियुक्त

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त भएका छन् । उनलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले संविधानको धारा १६८ (५) अनुसार नियुक्त गरेकी हुन् ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले २७ गते सदनमा विश्वासको मत गुमाएका थिए । त्यसपछि प्रदेश प्रखुम सीता पौडेलले सरकार गठनका लागि आह्वान गरेकी थिइन् ।

शुक्रबार ३१ जना सांसदको हस्ताक्षरसहित नेपाली कांग्रेसका नेता कृष्णचन्द्र पोखरेलले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । गुरुङले पनि जनमोर्चाका बर्खास्त सांसद कृष्ण थापा र जसपा महन्थ ठाकुर पक्षको पत्र लिएर मुख्यमन्त्रीमा दाबी गरेका थिए । तर प्रदेश प्रमुख कार्यालयले भने एक जनाको मात्रै दाबी परेको बताएको छ ।

Back to top button