कांग्रेस महाधिवेशनको मिति सर्‍योः भदौ १६ देखि काठमाडौंमा

नेपाली कांग्रेसको  आगामी भदौ ७ मा हुने भनिएको १४ औं महाधिवेशन सरेको छ । शनिबार कांग्रेस पदाधिकारी बैठकले भदौ १६ देखि १९ गते सम्म गर्ने निर्णय गरेको हो ।

यसअघि भदौ ७ गतेदेखि १० गते सम्मका लागि महाधिवेशन तोकिएयो । शनिबारको निर्णयलाई असार ३ गते बस्ने पार्टीको केन्द्रीय कार्यसमितिको बैठकले अनुमोदन गर्ने छ ।

महाधिवेशनबारे छलफल गर्न सभापति शेरबहादुर देउवाले शनिबारका पदाधिकारी  बैठक बोलाएका थिए ।

Back to top button