उपत्यकामा थप एक साता निषेधाज्ञाः मोडालिटीमा भने परिवर्तन

कोभिड १९ रोकथामका लागि काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञालाई थप एक साता निरन्तरता दिने निर्णय भएको छ । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको आइतबार बसेको संयुक्त बैठकले असार छ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

निषेधाज्ञाको मोडालिटीमा भने परिवर्तन गरिएको छ । बिहान ११ बजेसम्म खाद्यान्न पसल र पुस्तक पसल खोल्ने पाइनेछ । यस्तै हाडवेयर पसल अपरान्ह ४ बजेपछि खुला हुनेछन् । अलनाइन डोम डेलिभरी सेवालाई पनि सुचारु गर्ने निर्णय भएको छ ।

निषेधाज्ञा खुकुलो भए पनि भेला हुन, जुलुस गर्न, भीडभाड र जात्रा, महोत्सवमा सहभागी हुन, मन्दिर र चर्चामा नित्य पूजाबाहेक गतिवविधि गर्न, कलकारखाना र व्यवसयायमा भीडभाड हुने काम गर्न, शैक्षिक संस्था सञ्चालन गर्न, गोष्ठी गर्न, सिनेमा घर खुला गर्न, शैलुन, ब्यूटी पार्लर स्पा सञ्चालन गर्न, पुस्तकालय, चिडियाखाना खोल्न र स्वास्थ्य मापदण्ड विपरित श्रमिक र कामदार ओसारपसार गर्न पाइने छैन ।

अहिले काठमाडौंमा दैनिक चार सयको हाराहारीमा संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या ६ लाख ६७ हजार ७८ पुगेको छ । कोरोनाबाट ८ हजार ३६६ जनाले ज्यान गुमाइसकेका छन् ।

Back to top button