पशुपतिमा भ्रष्टाचारः ढकाल र खतिवडाको कर्तुत छरपस्ट 

योग्यता, क्षमता र विवेक नभएको व्यक्ति कुनै पनि सार्वजनिक पदमा पुग्यो भने त्यसको असर कति पर्छ भन्ने पशुपति क्षेत्र विकास कोषमा भएको अनियमितता र भ्रष्टाचारले छर्लङग पारेको छ । कुनै बेला क्रिश्चियन मिसनको लागि कार्य गर्ने प्रदिप ढकाल र बालमिकी संस्कृत विद्यापिठमा पढेर पशुपतिमा श्राद्ध गराउँदै हिड्ने घनश्याम खतिवडा हाल पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव र कार्यकारी निर्देशक छन् । उनकै कार्य कालमा विभिन्न रुपमा सबै भन्दा धेरै भ्रष्टाचार भएको छन् ।

कोषका सदस्य सचिव प्रदिप ढकाल, कोषाध्यक्ष मिलनकुमार थापा । कार्यकारी निर्देशक घनश्याम खतिवडाको मिलिमतोमा भएका भ्रष्टाचार क्रमश सार्वजनिक भइरहेका छन् । कोषका कर्मचारीको मिलिमतोमा हजार देखि करोडौं रुपैयाँको भ्रष्टाचार भइरहेको छ । यसै बीच कोषका निर्देशक खतिवडा, सदस्य सचिव ढकाल र कोषाध्यक्ष थापाको मिलिमतोमा तीन चार बर्ष अघि प्रसारण भएको बृतचित्र किनेका छन् ।

पशुपति क्षेत्र सम्बन्धी तयार पारिएको बृतचित्र तीन चार बर्ष अघि नेपाल टेलिभिजनमा प्रसारण भएको थियो । आर्थिक चलखेल गर्ने नियतले उक्त भिडियो कोषले किनेको हो । गंगादिप फिल्म कम्पनीका संञ्चालक गंगा पोखरेलले उक्त बृतचित्र बेचेका हुन् । करिव चार पाँच लाखमा पुरानो बृतचित्र कोषले किनेको पशुपति क्षेत्र विकास कोष स्रोतले जनाएको छ । कुनै बेला पाेखरेलको गंगादिप फिल्म कम्पनीमा अहिलेका पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक खतिवडा काम गर्ने गर्थे । उनिहरुको सम्बन्ध र आर्थिक लेन देनका कारण पुरानो बृतचित्र किन बेच भएको स्रोतले जनाएको छ ।

तीन चार बर्ष अघि गंगादिपले पशुपति क्षेत्रको बृतचित्र गर्ने अनुमति लिएको थियो । त्यसबेला पनि कोषले गंगादिपलाइ नेपाल टेलिभिनबाट प्रसारण गर्न प्रायोजन गरेको थियो । एउटै बृतचित्र पटक पटक  भुक्तानी गरेर कोषमा भ्रष्टाचार भएको छ । कोषाध्यक्ष थापाले विमति राख्दा राख्दै पनि निर्देशक खतिवडाको सम्लग्नतामा पुरानो बृतचित्र कोषले किनेको बुझिएको छ ।

यस्तै कोषका सदस्य सचिव ढकाल र निर्देशक खतिवडाको मिलिमतोमा हुँदै नभएको पद सिर्जना गरेर केहि महिलालाई जागिर खुवाउँने काम भएको छ ।  महिला प्रति निकट रहेर काम गर्ने ढकाल र खतिवडाले कस कसलाई जागिर खुवाए साथै अन्य के कस्ता भ्रष्टाचार भएको छ भन्ने तथ्य निरन्तर हामी प्रसारण गर्दै जाने छौं ।

यि हुन् पशुपति क्षेत्र विकास कोषमा भएका भ्रष्टाचार काण्ड

नेपाल भारत मैत्री पशुपति धर्मशालाको बोलपत्र पहिलेनै game fixing गरि गरेको र भाडामा लगाउने सम्बन्धमा नेपाल सरकार, सञ्चालक परिषद्ले निर्णय नगरेको र कार्यविधि समेत स्वीकृत नगरी २०७६/१/३० मा सम्झौता गरेको र सम्झौताको शर्तमा कार्यविधिको दफा उल्लेख गरेको तर हालसम्म पनि कार्यविधि र सम्झौता परिषदमा पेश नगरेको र स्वीकृति नलिएको पाइएको छ ।

गौशाला भुवनेश्वरी ४०० मिटर बाटो ढुङ्गा छाप्ने कार्य करिब रू ९ करोडमा बोलपत्र गर्दा नै शर्तहरू game fixing गरेर अनियमितता गरेको हुदा बोलपत्रका शर्तहरूको समेत अध्ययन गर्नु पर्ने देखिन्छ ।

Pleasing Lights को estimate गर्दा देखि नै कोषका स्थायी कर्मचारीलाई सम्लग्न नगराईकन setting को आधारमा बाहिरका मानिसबाट रू ६ करोडको अनावश्यक कार्य गरेर अनियमितता गरिएको पाइएको छ । वनकालीको धर्मशालाको भाडा रू १ करोड जति नउठाई मिलिमतोमा सम्झौता रद्ध गरेर अनियमितता भएको छ । यसमा कार्यकारी प्रमुख खतिवडाको विषेश सम्लग्नता रहेको पाइएको छ ।

फूलपाती तथा उपहारको सामान वेच्ने भवन बनाउन नेपाल सरकारबाट ४ वर्ष अगाडि करिव रू ५ करोड ल्याएको तर बोलपत्र गर्दा तोकिएको ठाउँमा निर्माण नगरी जंगल क्षेत्रमा बनाएर अनियमितता गरेको र हालसम्म पनि प्रयोगमा नआएको सम्बन्धमा स्थलगत निरीक्षण समेत सम्बन्धित निकायबाट हुन नसकेको हुनाले यति ठुलो भ्रष्टाचार पनि ओझेलमा परेको छ ।

कर्मचारी नियमावलीको नियम १२ र ७(क) को व्यवस्था र प्रकृया विपरीत ३ जनाको मिलिमतोमा करारमा कर्मचारीहरू, प्रेस सल्लाहकार , गुरूयोजना अधिकृत परिषद्को स्वीकृति विना नियुक्ति गरेको र कर्मचारीहरूको पनि प्रकृया नअपनाईकन नियुक्ति गरेर अनियमितता गरेको पाइएको छ । यसमा पनि तुरुन्तै छानविन हुनपर्ने र महालेखापरिक्षकबाट छानविन हुन जुरुरी देखिन्छ ।

सार्वजनिक सुचना प्रकाशित गरी बढी व्याज लिएर बैंकमा मुद्दति खातामा रकम राख्नु पर्नेमा सुचना प्रकाशित नगरी मिलिमतोमा रकम राखेर नोक्सानी पुर्याएको पाइएको छ । १ करोड भन्दा बढी वार्षिक भाडा आउने गौशाला धर्मशाला मिलिमतोमा वार्षिक ५१ हजारमा लगाएर अनियमितता भएको छ । वनकालीमा युनेस्कोको मापदण्ड र परिषद्को स्वीकृति विना आर्थिक लाभ लिएर कृपालुजी उद्यान सन्चालन गर्न दिएर आर्थिक लाभ लिएका छन् ।

सञ्चालक परिषद्, कार्य सम्पादन समितिमा भए गरेका निर्णयहरूमा निर्णय भएको भन्दा भिन्न निर्णय लेखेर सदस्य सचिव र कार्यकारी निर्देशक मात्रले हस्ताक्षर गरेर जालसाजी पूर्ण निर्णय गर्ने गरेको पाईएको छ । मुलभट्ट चढ्ने गरेको पहिलेको बा ५ च २०९२ नम्बरको गाडी दुर्घटना भएको र सो बापत मर्मत खर्च लाखौं भएको र हालसम्म कार्यालयमा गाडी नल्याइ ग्यारेजलाई नै उपभोग गर्न दिएर कार्यकारी निर्देशक तथा सदस्य सचिवले मासिक कमिसन लिने गरेको पाइएको छ ।

कार्यकारी निर्देशक पदमा नियुक्ति हुनका लागि आवश्यक पर्ने नियमावली अनुसारको निम्नतम योग्यता नै नपुगेको व्यक्ति घनश्याम खतिवडालाई मिलिमतोमा नियुक्ति गरेको पाइएको छ । विद्युतिय शव दाहगृहमा मेशिन खरिद र जडान गर्दा जालसाजी पूर्वक गरिएको बोलपत्रको अध्ययन र छानवीन गर्नु पर्ने देखिन्छ ।

तिलगंगा क्षेत्रको जग्गा अधिकरण गर्दा सरकारबाट निकासा भएको रकमबाट बचत भएको रकमको दुपयोग भएको पाइएको छ । यसमा पनि छानविन हुन जरुरी छ ।

तिलगंगामा नेपाल सरकारक‍ो करिब रू ४ करोड बजेटमा निर्माण गरिएको पर्यटन सेवा केन्द्र प्रान्स क्याफे ( जसले वनकाली धर्मशालाको भाडा रकम नतिरेकै व्यक्ति र समूह) लाई अपारदर्शी ढंगबाट भाडामा दिएको र हालसम्म करिब रू १ करोड भाडा रकम मिलिमतोमा नउठाएको र भाडा उठाउनु पर्छ भनि कोषाध्यक्षले भन्दा सदस्य सचिव र कार्यकारी निर्देशक मिलेर कोषाध्यक्षलाई नै एक्ल्याएर कोषलाई थप नोक्सानी पुर्याएका छन् । सम्झौता रद्ध गर्ने बाहाना गरिरहेको अवस्था छ । बोलपत्र प्रकाशित गर्दाका शर्त र सम्झौता गर्दाको कागजात छानवीन हुन जरुरी छ ।

Back to top button