मेलम्ची नदीमा फेरि बाढी: स्कुल र प्रहरी चौकी बगायोः स्थानीय त्रसित

बाडीले बितण्डा मच्चाएको सिन्धुपाल्चोकको मेलम्ची नदीमा शुक्रबार राति फेरि आएको बाढीले हेलम्बु गाउँपालिकाको प्रहरी चौकी बगाएको छ । मेलम्ची नदीमा शुक्रबार राति फेरि पानीको बहाव पुन: बढेसँगै जोगिएका संरचना बगाउन थालेको हो । शुक्रबार राति आएको बाढीले हेलम्बु गाउँपालिकाको प्रहरी चौकी बगाएको हो ।

हेलम्बु गाउँपालिकाअन्तर्गत ग्यालथुमको इस्ट पोइन्ट एकेडेमी पनि बाढीले बगाएको छ । भने तालामाराङको तेस्रे माविको धेरै भाग बाढीले बगाएको छ । त्यस्तै मेलम्ची खोलामा आएको बाढी हेलम्बुको चनौटे बजारमा रहेको रातो पुलमा क्षति पुर्‍याएको छ । मंगलबारको बाढीले जोगिएका संरचना बगाउने र जमिन कटान गर्न थालेसँगै स्थानीय थप त्रसित बनेका छन् ।

शुक्रबार रातिको बाढीले यसअघिको बाढीमा जोगिएका भौतिक संरचना, बजार र खेतहरुमा कटान भाएको छ । प्रहरी चौकी र विद्यालय लगायतका संरचना क्षति पुगेको छ ।  मंगलबार बाढीले जोगिएको हेलम्बु गाउँपालिकाको तिम्बु बजार, चनौटे, ग्याल्थुम, किउल, तालामाराङ लगायतका क्षेत्र नराम्रोसँग प्रभावित भएको छ भने मेलम्ची बजारसहितको क्षेत्रमा शुक्रबारको बाढीले पनि थप कटान गरेको हो ।

मेलम्चीको पुरानो बजारमा केन्द्र बनाएर अहिले इन्द्रावती नदी बगिरहेको छ । मेलम्ची र इन्द्रावती नदी तटिय क्षेत्रका कयौं घरहरु बगेका छन् भने सग्ला रहेका घरहरुमा बालुवा र लेदो भरिएको छ ।

खेतहरु बगरमा परिणत भएका छन् । मेलम्ची र हेलम्बु क्षेत्रका अधिकांश पुल, रिसोर्ट, ट्राउट सेन्टर, फार्महरुको नदीले बगाएको छ ।

Back to top button