पेट्रोलियम क्षेत्रका श्रमिकलाई खोप लगाउन मजदूर संघ माग

सरकारले पेट्रोलियम क्षेत्रमा कार्यरत श्रमिकलाई कोभिड १९ विरुद्धको खोप लगाउँने व्यवस्था नगरेको भन्दै अखिल नेपाल पेट्रोलियम मजदूर संघले आपत्ति जनाएको छ ।  संघले आइतबार एक विज्ञाप्ति जारी गर्दै यो क्षेत्रमा कार्यरत श्रमिकलाई तत्काल कोभिड विरुद्धको खोपको व्यवस्था गर्न समेत माग गरेको छ । मजदुर संघले ललितपुर जिल्लामा पेट्रोलिम क्षेत्रमा १०० जना श्रमिक कार्यरत रहेको जनाएको छ ।

 

Back to top button