अरुले आत्माआलोचना गरे स्वागत, नेपाललाई ठाउँ छैनः अध्यक्ष ओली

एमाले अध्यक्ष केपी शर्मा ओलीले अब एमालेमा नेता माधवकुमार नेपाललाई एमालेमा ठाउँ नभएको बताएका छन् । बुधबार बालुवाटारबाट निजी निवास बालकोट पुगेपछि समर्थकलाई सम्बोधन गर्दै ओलीले नेता नेपाललाई एमालेमा ठाउँ नभएको बताएका हुन् । उनले आत्मआलोचना गरेर आए अन्य नेतालाई ठाउँ भए पनि नेपालका लागि नभएको प्रष्ट पारे ।

अरुले आत्मआलोचना गरे भने ठाउँ दिन सकिन्छ । बालकोट पुगेपछि समर्थकलाई सम्बोधन गर्दै ओलीले भने, नेपालको हकमा गल्ती कमजोरी स्वीकार गर्ने आत्मालोचना गर्ने कुनै ठाउँ छैन ।

ओलीलाई बालुवाटारबाट बुधबार दिउँसो एमालेको भातृ संगठन युथ फोर्स र युवा संघका कार्यकर्ताले बाजागाजासहित बालकोट लगेका हुन् । ओलीका समर्थकले पुष्पकमल दाहाल र नेपाल विरूद्ध नाराबाजी गरेका थिए ।

Back to top button