देउवालाई विश्वासको मत दिने नेपालको प्रतिवद्धता

नेकपा एमालेका नेता माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने प्रतिवद्धता जनाएका  छन्  ।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँगको भेटमा नेता नेपालले सरकारलाई विश्वासको मत दिने प्रतिवद्धता जनाएका हुन् ।  बुधबार सरकार गठनमा निर्णायक भूमिका खेलेका नेता नेपाललाई भेट्न देउवा उनकै निवास कोटेश्वरमा पुगेका थिए ।

नेता नेपालले आफ्नो समूहका नेताहरुलाई सुनाएअनुसार प्रधानमन्त्री देउवालाई सरकारलाई भ्रष्टाचाररहित बनाउन र जनभावना अनुसार काम गर्न सुझाव दिएका छन् ।

देउवाले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीमा दाबी गर्न एमालेका २६ सांसदले हस्ताक्षर गरेका थिए । तर उनी र केपी शर्मा ओली दुवैको दाबी नपुगेको भन्दै प्रतिनिधिसभा भंग भएपछि देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेशको माग गर्दै सर्वोच्च अदालत गएका १४६ सांसदमा नेपाल समूहका २३ जना थिए ।

 

Back to top button