पैसा असुलेर पशुपतिनाथको दर्शन गराउँदैः निर्देशक खतिवडा

 

कोभिड १९ को संक्रमणका कारण झण्डै डेढ वर्ष देखि मुलुकमा कुनै पनि गतिविधि सहझ रुपमा सञ्चालन हुन सकेको छैन । कोभिड १९ को जोखिमका कारण अहिले पनि सरकारले निषेधाज्ञा जारी राखेको छ । दैनिक जीवन सञ्चालनमा केहि सहज गरिएको छ । तर भिडभाड हुने क्षेत्र स्कुल मठ मन्दिर पाटी प्यालेस सभा जुलुस लगायत अझै सञ्चालनमा आउन सकेको छैन । डेढ वर्ष देखि देशभरका कुनै पनि मन्दिर खुलेको छैन । हिन्दूहरुको आस्था र विश्वासको केन्द्र पशुपतिनाथ भक्तजनले दर्शन गर्न पाएका छैनन् ।

तर त्यहि पशुपतिनाथमा पैसा तिरेर दर्शन गर्न पाईन्छ भन्दf धेरैलाई अचम्म लाग्न सक्छ । त्यो पनि पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशकबाट । मान्छेको मति विघ्रेपछि यस्तै हुन्छ । यस्तै मति विघ्रेको छ  पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाको । विकास कोषमा कार्यकारी निर्देशक भए यताको उनको  गतिविधि हेर्ने हो भने पशुपतिनाथले उनलाई किन रक्षा गरिरहेका छन् ? भन्ने प्रश्न गर्न बाध्य हुन पर्छ ।

हिन्दू नारीहरुका लागि साउन विषेश महिना हो । यो बेला पशुपतिनाथको दर्शन गर्न टाढा टाढाबाट भक्तजन आउछन् । कोभिडका १९ कारण अहिले दर्शन गर्न मिल्दैन । तर कोषका कार्यकारी प्रमुखले पैसा असुलेर अहिले  पनि पशुपतिनाथको दर्शन गराई रहेका छन् । धनाढ्य परिवारसँग खतिवाडाले पैसा असुलेर पशुपतिनाथको दर्शन गराउने गरेका छन् । उनले एक जनाबाट पाँच हजार भन्दा बढी पैसा असुल्ने गरेको स्रोतले जनाएको छ । पैसा असुलेर दैनिक १०० जनालाई दर्शन गराए भने उनले एक दिनमा कम्तिमा १ लाख पैसा असुली गर्ने गरेको पाइन्छ । यसरी खुलेआम पैसा असुली भएको विकास कोषका सदस्य सचिव सञ्चालक समिति कोषाध्यक्ष लगायतलाई जानकारी भएपनि कसैले विरोध गर्न सकेका छैन् ।

 

Back to top button