प्रधानमन्त्री देउवा र जसपा अध्यक्ष ठाकुरबीच भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टी(जसपा) का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ ।बुधबार प्रधानमन्त्री देउवालाई भेट्न जसपा अध्यक्ष ठाकुर बालुवाटार पुगेका थिए ।

निकटस्रोतका अनुसार उनले प्रधानमन्त्री देउवासँग जेलमा रहेका रेशम चौधरी, संविधान संशोधन र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने बारेमा ध्यानआकर्षण गराएका छन् ।

प्रधानमन्त्री देउवाले संविधान र कानुनले दिने कार्य गर्न आफू तयार नै रहेको त्यसक्रममा बताए । विश्वासको मत दिएकोमा धन्यवाद दिँदै उनले मधेशका माग सम्बोधन गर्न आफू सधैं तयार रहेको बताएका थिए ।

Back to top button