असोज ९ गतेसम्म स्थानीय तहको अधिवेशन गर्न एमालेको निर्देशन

नेकपा एमालेले पार्टी महाधिवेशनलाई लक्षित गर्दै स्थानीय तहको अधिवेशन असोज ९ गतेसम्म सम्पन्न गर्न निर्देशन दिएको छ ।

असोजको पहिलो हप्ता सबै वडाहरुमा वडा अधिवेशन सम्पन्न गर्नुपर्ने र दोस्रो हप्ता पालिकाहरुमा पालिका अधिवेशन सम्पन्न गर्न निर्देशन दिइएको छ ।

आइतबार केपी शर्मा ओओलीको अध्यक्षतामा बसेको स्थायी कमिटी बैठकले यस्तो निर्देशन दिएको हो । महासचिव ईश्वर पोखरेलले मिडियासँग ब्रिफिङ गर्दै असोज ९ गतेसम्म सबै पालिकास्तरको अधिवेशन सम्पन्न गरिसक्ने निर्णय गरेको जानकारी दिए ।

यस्तै भदौ २७ र २८ गते पार्टीको विधान महाधिवेशन आयोजना गर्ने प्रस्ताव बैठकले पारित गरेको छ ।

्राजनीतिक प्रतिवेदनको८ मस्यौदा तयार पार्न अध्यक्ष ओलीको संयोजकत्वमा र संगठनात्मक प्रतिवेदनको मस्यौदा तयार पार्न ईश्वर पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ ।

यस्तै विष्णु पौडेलको संयोजकत्वमा विधान संशोधन मस्यौदा कार्यदल र रामबहादुर थापाको संयोजकत्वमा विधान व्यवस्थापन कार्यदल गठन गरिएको छ । एमाले केन्द्रीय समितिको बैठक साउन २४ गतेका लागि बोलाइएको छ ।

Back to top button