पंकज आचार्य
हालै सनिबार मात्रै एक तस्बिर ईन्टरनेट मा भाइरल भायो जस्मा स्थानिया बासिन्दाहरुले स्वस्थ्यकर्मिहरु बसोबास गरेको छात्रबास लाई घेराउ गरि रहेको देख्न सकिन्थ्यो । त्यो तस्बिरको बास्तबिकता बुझदै जादा स्वस्थ्यकर्मी बाट कोरोना सर्छ भन्ने भ्रम हुदा स्थानीयले स्वस्थ्यकर्मीहरु लाइ त्यस् क्षत्रमा बस्न नदिनका लागि त्यो गरेको थाहा भयो। आजभोली यस्तै प्रकारका प्रसस्त समाचारहरु सुन्न र देख्न्न पाइन्छ ।

म एक स्वस्थ्य ब्यबस्थापन विषय अध्यनरथ बिध्यार्थी हु। आजभोली संचारमाध्यम बाट प्रसारित स्वस्थ्यकर्मी माथी दुव्र्यवहार भयका समाचारले मेरो मान खिन्न हुन्छ र मनमा विभिन्न प्रकारका प्रस्नहरु आउने गर्दछन जस्तै , के सबै स्वस्थ्य समस्याका जिम्मेवार स्वस्थ्यकर्मी नै हुन् रु , यदि अरु काहीँ कारणले बिरामी को मृत्यु भयो भने स्वस्थ्यकर्मीले नै कुटपिट सहनु पर्छ , के स्वस्थ्यकर्मी ले जानी जानी कसैको ज्यान जोखिम मा पार्छन ।

मेरो परिवारमा चार जना सदस्य छौ चार , य तिन जना स्वस्थ्य विषय संग आबद्ध छौ । मेरो बुबा र आमा दुबै जाना स्वस्थ्य विषय संग आबध हुनु हुन्छ उहाहरु यस माहामारीको समयमा पनि दिन रात नभनी खटियर काम गरि राख्नु भयेको छ । सायद त्यो सनिवार ईन्टरनेटमा भाइरल भयेको तस्बिरमा देखाइयका स्वस्थ्यकर्मीहरु पनि दिन रात नभनी खटिनु भयेको थियो होला त्येसैको फलस्वरुप समाजले उहाहरुलाइ दुव्र्यवहार गर्यो।

बिहान करिब दस बजेको थियो होला मेरो अनलाइन कक्षा सकायर म ईन्टरनेटमा कहि नयाँ अपढेट छ कि भनेर हेर्दै थिय एकासी सनिबार भिरल भयको तस्बिर देखे अनि म झसक्क झस्किय र मेरो परिवार लाई सम्जिय अनि मनमा विभिन्न प्रकारका प्रश्नहरु आउन थाले साथै मेरो सानो परिवारको चिन्ता लाग्न थाल्यो । त्येसै समय मनमा एउटा बिचार आयो बुबा आमालाई हजुरहरु ले गर्ने काम छोड्दिनुस भनेर अनुरोध गर्छु भने सोच बनाय तर त्यसै बखत मेरो मस्तिष्कले आम मानिसको नजार बाट सोच्यो यदि मेरो आमा बुबा ले काम गर्नु भएन भने कुनै एक सामान्ने मानिसको मृत्यु हुन सक्छ त्यसैले आफ्नो मनमा लागेको बिचार लाई मस्तिष्क देखी बाहिर आउन नदियर अफनै मस्तिष्कमा राखे।हाम्रो समाजमा कोरोना र स्वस्थ्यकर्मीहरु लाई लियर भिभिन्न परकारका भ्रमहरु छन । कोभिड(ज्ञढ को माहामारि अगि मेरो परिवारलाई भगवानको स्वरुप मान्ने हाम्रो समाज कोभिडको माहामारीको अबस्थामा नराम्रो नजरले हेर्द छ मानौ हाम्रो परिवार नै कोरोनाको उदगम स्थल हो । आफू र अफ्नो परिवार को ज्यान लाई जोखिमा राखेर दिन रात नभनी काम गर्दा मेरो परिवार सामजिक तिरस्कार र दुव्र्यवहार को भागिदार छ । के स्वस्थ्य विषय संग सम्बन्धित भयको हुदा मेरो परिवार लाई समाजले फरक तरिकाले हेरेको होरु यो प्रस्न केही बेर सम्म मेरो दिमागमा चलिरह्यो ।यश प्रस्नले स्वस्थ्य व्यबस्थापन पढ्दै गरेको म लाई केही समयको लागि स्वस्थ्यकर्मी हुनु राम्रो होइन भने बिचार तिर अगाडी लम्कायो भबिस्यमा नेपाल को स्वस्थ्य क्षत्र लाई केही सुदार ल्याउछु भने सोच बनायर स्वस्थ्य व्यवस्थापन पढेको म केही क्षणको लागि यो विषय पढेर अपमान सहनु भन्दा अरु कुनै अर्को विषय पढ्छु भन्ने सम्मको सोच सम्म पुगे । ईन्टरनेटमा देखेको तस्बिरले मलाई येस्तो सम्म सोच ल्याउन बाध्या बनायो भने स्वस्थ्यकर्मी जस्ले यो प्रतक्ष भोग्नु भयेको हुन्छ उहाहरुलाई कस्तो भयो होला त्यो म सोच्न पनि सक्दैन ।एक समयको लागि मेरो सोच नकारात्मक भय पनी फेरि एक चोटि सकरात्मक भयर सोचे हामी सबैले आफ्नो कर्तब्य देखि भाग्येउ भने कस्ले कर्तब्य बहान गर्छ । म र मेरो परिवार त एउता उदाहरण मात्र हो यस्ता लाखौ परिवार छन जस्ले आफ्नो ज्यान जोखिममा राखी अरुको ज्यान बचाउने कोसिस गरेकै कारण सामाजिक तिरस्कार खप्नु परेको छ ।

कोरोना एउटा नयाँ प्रजातिको भाइरस हो जुन मानव जातिमा पहिले पहिचान भएको थिएन। यस भाइरसले मानिस र पशुहरुमा संक्रमण गर्दछ। यस भाइरसले सामान्य रुघाखोकीदेखि गम्भिर प्रकारको तीव्र श्वासप्रस्वास सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम ९सार्स०सम्म गराउन सक्दछ।सन् २०१९ को डिसेम्बरमा यो भाइरसको संक्रमण भएका बिरामी चीनको उहानमा पहिलोपटक देखिएका थिए। यसपछि तीव्र रुपमा यसको संक्रमण फैलँदै आएको छ। सुरुवात देखिनै विभिन्न स्वस्थ्यकर्मीहरु यश रोगको रोगथामको लागि लागिपरी रहेका छन ।

कोरोना भाइरस ९कोभिड( १९०का संक्रमितको उपचारमा अहोरात्र खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि दुर्यव्यवहार हुनु अमानवीय र अपारधिक कार्य हो ।हाल यत्रो ठूलो जनस्वास्थ्य संकटको समयमा पर्याप्त सेवा सुविधाको अभाव छ । त्यसका बावजुद आवश्यक विश्रामसमेत नलिइ बिरामीहरूको सेवामा अहोरात्र खटिइरहेका स्वास्थ्यकर्मीहरूको उच्च सम्मान गरिनुपर्नेमा उल्टै आफ्नै छरछिमेकबाट उनीहरूमाथि सामाजिक विभेद र दुर्व्यवहार भइ रहेकोे छ ।कतिपय ठाउँमा अस्पतालमा कार्यरत कर्मचारीहरुमा समूहगत रुपमै कोरोना संक्रमण पाइएपछि स्वास्थ्यकर्मीलाई गाउँ, टोल, समाजमा दुर्व्यवहार हुन थालेको उदाहरण पनि देखा परेको छ । कोरोनाविरुद्धको युद्धमा फ्रन्ट लाइनमा रहेका स्वास्थ्यकर्मी यतिबेला कोरोना संक्रमणबाट मात्र होइन, गाउँघरमा पनि असुरक्षित महसुस गर्न थालेका छन। बिज्ञहरुका अनुसार क्वारेनटाइनमा दुर्व्यवहार, संक्रमितको उपचारमा वेवास्ता, अन्य रोगका मानिसले उपचार गर्न विभिन्न अस्पताल धाउँदा पनि उपचार नपाउने अवस्थाका कारण धेरै समस्या भइरहेको र स्वास्थ्यकर्मी नै यस्ता समस्याको दोहोरो मार परिरहेका छन्।

हालसम्मका खोज अनुसार कोरोना भाइरस खोक्दा, छिउँ गर्दा, सास फेर्दा, बिरामीका सामान प्रयोग गर्दा, बिरामीले छोएको ठाउँमा छुँदा, राम्रोसंग नपकाएर खाँदा , ब्यक्तिगत सर्सफाइको कमि आदि तरिकाबाट सर्छ । स्वस्थ्यकर्मीको सम्पर्कमा आउने बितिकै यो रोग सर्छ भने भ्रम लाई सबैको मनमस्तिस्क बाट हटाइ स्वस्थकर्मीको काम लाई समान गरौ साथै यस्तो माहामारीको समयमा उनिहरुको हौसला बडाउ। फ्रन्टलाइन स्वस्थ्यकर्मी लाई कुटपिट अर्थात दुव्र्यवहार गरेर होइन सागसब्जी, फलफूल, दुध, दाल, गेडागुडी लगायतका स्वस्थकर खाना, नियमित शारीरिक अभ्यास तथा अन्य स्वस्थ जीवनशैली अपनाएमा कोरोना भाइरस लाई जित्न सकिन्छ ।

स्वस्थ्यकर्मीहरु लाई यस्तो समयमा दुव्र्यवहार होइन प्रोत्साहन गरौ । स्वस्थ्यकर्मीहरु बिना यस माहामारी संग लड्न अशम्भब जस्तै छ । कुनै एक स्वस्थ्यकर्मीले दुव्र्यवहार सहन नसकेर आफुले गर्ने कार्य नगरेमा धेरै मनिस्को ज्यान जोखिम्मा पर्न सक्छ ।स्वस्थ्यकर्मीको प्रोत्सानको लागि पस्चिमा देशहारुले विभिन्न तरिकाहरु अपनायको देखिन्छ तर हाम्रो देश नेपालमा धेरै तरिका प्रयोगमा आयको देखिन्न तेसैले त्येस्ता प्रकारका तरिका अपनाउन जरुरी छ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link