शिशिर राज पाण्डे । हामी सबैलाई गुलियो, अमिलो र पिरो मन पर्छ तर तितो मन पदैँन । त्यहि तितो हुने कारणले गर्दा पनि हामी तितेकरेलालाई कम रुचाउछौँ । तितेकरेला रुचाउने मानिसहरुले पनि प्राय करेलाको बोक्रा फालेर खाने गरेको पाइन्छ । जुन गलत हो । त्यसो गर्दा करेलाको रस खेर जाने गर्छ । १० देखि १५ दिनका बिचमा करेला खानु स्वास्थ्यका लागि फाईदाजनक मानिन्छ ।कलेजोको रोगीलाई करेला सेवन लाभदायक हुन्छ । करेलाले रगत सफा गर्छ । साथै हेमोग्लोबिन बढाउँछ । करेलले पाचनशक्ति दुरुस्त राख्छ, भोक जगाउँछ । दमको बिरामीले करेलाको सेवन गर्नु राम्रो हो । करेलाको रस कागतिमा मिसाएर पानीसँग पिउदा तौल नियन्त्रण हुन्छ । करेला चिसो हुन्छ । त्यसैले गर्मीबाट पैदा हुने रोगीका लागि यसले राम्रो काम गर्छ । कफको रोगीले करेला सेवन गर्नुपर्छ । मधुमेहका लागि पनि करेला रामबाण हुनसक्छ । यसले सुगर लेभल नियन्त्रण गर्छ ।वासप्रश्वास समस्यामा करेला दम, रुघाखोकीजस्ता श्वासप्रश्वासको समस्यामा लाभदायी मानिन्छ । लिभर टनिक स् दैनिक एक गिलास करेलाको जुसले कलेजोको समस्या समाधान हुन्छ । स्वास्थ्यमा परिवर्तन आएको हेर्न कम्तीमा पनि एक साता करेलाको जुस पिउनैपर्ने हुन्छ । पानीमा उमालेको करेलाको पात दिनहुँ खानाले शरीरमा रोग प्रतिरोधी क्षमतामा वृद्धि हुन्छ । डण्डीफोरमा करेलाको सेवनले डण्डीफोर, दागलगायतका छालाको संक्रमण हटाउनुका साथै रगतमा भएको अनियमितता हटाउछ । कागती मिसाएको करेलाको जुस ६ महिनासम्म खाली पेटमा खानाले अनुहारको सुन्दरतामा निखार ल्याउछ । करेलाको जुसले टाइप टु मधुमेहलाई सबैभन्दा बढी लाभ मिल्छ । चिनिया र भारतीय प्राचिन चिकित्सा पद्दतिमा करेला लामोसमयदेखि प्रयोग हुँदैं आएको विश्वास गरिन्छ । हालै भएका अनुसन्धानले पनि यसलाई पुष्टि गरेको छ । इन्सुलिनको अभाव वा विकासका प्रतिरोधकका कारण कोषहरुले रगतबाट सुगरको मात्रा लिन असफल भएमा टाइप टु मधुमेह लाग्छ। दुवै अवस्थामा कोषहरु सुगर लिन असमर्थ रहन्छन् । किनासे नामका प्रोटिन सक्रिय नहुँदा कोषले सुगर लिन नसक्ने भएकाले करेलाले किनासेहरुलाई सक्रिय बनाउछन् । करेलामा रहेका केही रासायनिक तत्वहरुले पनि इन्सुलिनको जस्तै काम गर्छन्, जसले रगतमा सुगरको मात्रा कम गर्न मद्दत गर्छन्।
छालाको समस्यामा स् करेलाको नियमित सेवनले छालालाई चम्किलो राख्न मद्दत गर्नुका साथै दागरहित बनाउन मद्दत गर्छ । छालाका रोग तथा संक्रमण हटाउछ । यसमा भएको भिटामिन सिले चाउरीपना हटाउछ । मिर्गौला र ब्लाडर स् यसले कलेजो र ब्लाडरलाई स्वस्थ बनाउन मद्दत गर्छ । यसका साथै मिर्गौलाको पत्थरी हटाउन पनि सहयोग गर्छ मुटुको रोग स् यो मुटुको समस्याका लागि पनि लाभदायी मानिन्छ । यसले शरीरमा भएको खराब कोलेष्टेरोल हटाई हृदयाघात हुने सम्भावना कम गर्छ । यसले रगतमा चिनीकोमात्र घटाई मुटुलाई स्वस्थ राख्न सहयोग गर्छ । तौल घटाउन स्यसमा भएका एन्टिअक्सिडेन्टले शरीरलाई स्वस्थ राख्छ । यसले मेटाबोलिजम र पाचन प्रणालीलाई सुधार गर्ने भएकाले चााँडो चाँडो तौल घटाउन यसले मद्दत गर्छ । छालाको समस्यामा स् करेलाको नियमित सेवनले छालालाई चम्किलो राख्न मद्दत गर्नुका साथै दागरहित बनाउन मद्दत गर्छ । छालाका रोग तथा संक्रमण हटाउछ । यसमा भएको भिटामिन सिले चाउरीपना हटाउछ

करेला खानुका केही फाइदाहरु यस्ता छनः

१. कलेजोका रोगीहरुका लागि करेला एकदम उपयोगी हुन्छ ।
२. तिते करेलाको सेवनले रगतलाई सफा गर्दछ भने हेमोग्लोबिनको मात्रालाई पनि बढाउँछ ।
३. करेलाले पाचनशत्ति बढाउँछ र भोक जगाउँछ ।
४. करेला र कागतीको रस पानीमा मिसाएर खानाले शरिरको तौल घट्छ ।
५. करेला शितल खाद्य भएकाले गर्मी याममा खानु लाभदायक हुन्छ ।
६. बान्ता, हैजा आदि भएमा करेलाको रसमा थोरै पानी र कालो नुन छरेर खाने गरेमा तुरुन्त लाभ मिल्छ ।
७. डायबेटिजको समस्या भएकाहरुका लागि पनि करेलाको तरकारी उत्तम मानिन्छ । यसले शरिरमा चिनिको मात्रालाई नियन्त्रित गर्छ ।
८. बाथ रोग र हातखुट्टा पोल्ने बिरामीहरुले करेलाको झोलले मालिस गरेमा फाइदा पुग्छ ।
९. तितेकरेलामा फेस्फोरस हुने भएकाले यसले घाटीमा जमेको कफलाई हटाउँछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link