नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आउँदो चुनावमा एमाले पहिलो पार्टी बन्ने र सरकारको नेतृत्व गर्ने दाबी गरेका छन् ।

धनकुटामा आयोजित कार्यक्रममा अध्यक्ष ओलील १३ महिनापछि हुने चुनावमा एमाले पहिलो पार्टी बन्ने र सरकारको नेतृत्व गर्ने दाबी गरेका हुन् ।

उनले पुष्पकमल दाहाल र माधव कुमार नेपाल भन्दा सूर्यबहादुर थापाका छोरा सुनिलबहादुर थापा इमान्दार रहेको बताए । ‘बरू थापा सोझै कांग्रेसमा प्रवेश गरे । दाहाल-नेपाल आफ्नो दुई तिहाईको सरकार ढाल्दै, पार्टी फुटाउँदै प्रधानमन्त्री बन्न देउवाको ढोका ढक्ढक्याउन गए,’ उनले भने ।

उनले सूर्यबहादुर थापाका विरासत रहेका उनका छोरा कांग्रेस प्रवेश गरेसँगै छिन्ताङ हत्याकाण्डको जिम्मा नेपाली कांग्रेसमा गएको बताए । उनले नेपाल-दहाल कुहिएको आलु भएको भन्दै बोराबाट निकालिएपछि पार्टी सुदृढीकरण भएको बताए ।

न्यायालयतिर इंगित गर्दै पूर्व प्रधानमन्त्रीसमेत रहेका ओलीले अदालतका न्यायाधीशले मुद्दा हेर्न छाडेको र वकिलको दादागिरी देखाएको आरोप लगाए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link