जिल्ला अदालत चितवनको आदेशमा सेनाको कोर्ट अफ इन्क्वायरी प्रतिवेदनको आधारमा  सेनामा कार्यरत् हुद्दा भरत गुरुङको हत्या आरोपमा सैनिक जवान गंगाधर ढकाललाई जन्मकैद फैसला सुनाइएको छ।भरतपुर महानगरपालिका-१७ शारदानगरस्थित सिमल डाँडामा हुद्दा गुरुङको साउन ७ गते हत्या भएको थियो।महेन्द्र दल गणमा कार्यरत ‘साथी’ हुद्दा भरत गुरुङको हत्यामा संलग्न अभियोगमा ढकाललाई प्रहरीले साउन ७ मा चितवनको टाँडीबाट पक्राउ गरेको थियो । चितवनको भरतपुर महानगरपालिका–१७ स्थित सिमलडाँडा खेत नहरमा गुरुङ मृत फेला परेका थिए । प्रहरीको अनुसन्धानबाट कालिबहादुर गणबाट चोरेको सट मेशिन गन ‘एसएमजी’ प्रयोग गरेर उनले गुरुङको हत्या गरेको खुलेको थियो । कर्तव्य ज्यान, बैङ्किङ कसुर र हात हतियार खरखजाना मुद्दामा संलग्न ढकाललाई सैन्य अदालतले भविष्यमा सरकारी सेवामा अयोग्य ठहरिने फैसला गरेको छ ।हतियार ‘एसएमजी’ चोरेको आरोपमा २८ महिनादेखि जेलमा रहेका कालिबहादुर गणका अमल्दार लव कुमार गुरुङ र जवान सरोज तामाङबारे फैसला आउन बाँकी छ  । २०७६ वैशाख ६ मा समरी जनरल सैनिक अदालतले गरेको निर्णय विरुद्ध उनीहरूले जङ्गी अड्डा स्थित विशेष सैनिक अदालतमा पुनरावेदन गरेका थिए । उनीबाट बरामद हतियार चोरीको अभियोगमा दुई सैनिक जवान लभकुमार गुरुङ र सरोज तामाङ जेल सजाय काटिरहेका छन् । गुरुङलाई जन्मकैदको फैसला भएसँगै गुरुङ र तामाङको विषयमा पनि सैनिक विशेष अदालतले आदेश गर्दैछ ।

विशेष अदालतको निर्णय आउन बाँकी रहेको सैन्य प्रवक्ता पौड्यालले बताए ।  

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link