कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत खुलातर्फ ३५ जना केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । कांग्रेस केन्द्रीय निर्वाचन समितिले खुलातर्फ निर्वाचित सदस्यहरुको नाम सार्वजनिक गरेको छ । जस अन्तर्गत शशांक कोइरालाले सबै भन्दा लोकप्रिय मत पाएका छन् ।कोइराला ३८ सय ३६ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

त्यस्तै एनपी साउद, बालकृष्ण खाँण, उदयशमशेर राणा, रामहरी खतिवडा, ज्ञानेन्द्र बहादुर कार्की, रमेश लेखक, शंकर भण्डारी, जिपछिरिङ लामा र अर्जुननर सिंह केसी टप १० परेका छन् ।

त्यस्तै जित जंग बस्नेत, गोपाल मान श्रेष्ठ, मोहनबहादुर बस्नेत, सुनीलबहादुर थापा, नैन सिंह महर, दिलेन्द्र प्रसाद बडु, राम शरण महत, बलबहादुर केसी, गोविन्द भट्टराई, कुन्दनराज काफ्ले, दिपक गिरी, सुरेन्द्र राज पाण्डे, पद्म नारायण चौधरी, राजिव ढुंगाना, गुरु बराल, सञ्जय कुमार गौतम,  गोविन्द राज पोखरेल, मदन बहादुर अमात्य, अजयबाबु शिवाकोटी, गणेश लामा, दिनेश कोइराला, उमेशजंग रायमाझी, मोहन आचार्य, गोपाल दहित र कृष्ण किशोर घिमिरे केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

खुला तर्फबाट सभापति शेरबहादुर देउवाको वर्चस्व रहेको छ ।  खुलातर्फ निर्वाचित ३५ मध्ये २५ जना देउवा पक्षका प्रत्याशी निर्वाचित भएका छन् । त्यस्तै शेखर कोइरालाको तर्फबाट ९ जना निर्वाचित भएका छन् । कांग्रेसको १३ पदाधिकारी यस अगि नै निर्वाचित भइसकेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link