सर्वोच्च अदालतले नेपाल वायुसेवा निगमको कार्यकारी अध्यक्ष पदमा महेश्वरभक्त श्रेष्ठलाई गरिएको नियुक्ति बदर गरेको छ । न्यायाधीशद्वय सुनीलकुमार पोखरेल र बालकृष्ण ढकालको संयुक्त इजलासले उक्त निर्णयविरुद्ध परेको रिटमाथि अन्तिम सुनुवाइ गर्दै यो फैसला सुनाएको हो। अदालतको यो आदेशसँगै श्रेष्ठ कार्यकारी अध्यक्षको जिम्मेवारीबाट पदमुक्त भएका छन् भने सरकारले अब नयाँ कानुनी प्रक्रिया अपनाएर नयाँ कार्यकारी प्रमुख नियुक्ति गर्नुपर्नेछ।

अदालतले उनको अध्यक्ष पद खारेज गरे पनि सञ्चालक समिति सदस्यको हैसियत भने कायमै राखेको छ। उनले केही दिनअघि क्याबिन क्रुको अवकाशको उमेरहद ४५ वर्ष पनि बढी हुने विवादास्पद अभिव्यक्ति दिएका थिए ।

निगमका सञ्चालक समिति सदस्य उपेन्द्रबहादुर कार्कीले गत असार ३२ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटनमन्त्री, वायुसेवा निगम र श्रेष्ठलाई विपक्षी बनाएर मुद्दा दायर गरेका थिए। छनोट प्रक्रियामा ‘मेरिट बेसिस’ (योग्यताक्रम) को पहिलो नम्बरमा आफू छँदाछँदै सरकारले पछाडि परेका व्यक्तिलाई नियुक्त गरेको भन्दै कार्की अदालत गएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link