एकीकृत उपभोक्ता संघको अध्यक्षमा चौथो पटक मदनकुमार सिवाकोटी निर्वाचित भएका छन् । काठमाडौंको सुविधा नगर स्थित ट्रिटन कलेजमा आज भएको १८ औं साधारणसभाले अध्यक्षमा चौथो पटक सिवाकोटी निर्वाचत भएका हुन् । अर्का अध्यक्षका प्रत्यासी रामचन्द्र खत्री १०६ मतको अन्तरले पराजित भए । सिवाकोटीले १३९ मत सहित विजयी भए भने खत्रीले ३३ मत मात्रै प्राप्त गरेका थिए । साधारण सभाले १३ सदस्य कार्य समिति समेत चयन गएको छ ।

नयाँ कार्यसमिति अध्यक्षमा सिवाकोटी, उपाध्यक्षमा उज्वल केसी, सचिवमा सानु श्रेष्ठ, सहसचिवमा कमला पाण्डे, कोषाध्यक्षमा रमेश शाक्य चयन भएका छन् । त्यस्तै सदस्यमा निर्मला थापा, प्रविता पौडेल, कविता मैनाली, संगम न्यौपाने, गणेश अधिकारी, भगवती नेपाल, लक्ष्मण भट्टराई र राम सुवेदी चयन भएका छन् । अध्यक्ष बाहेक अन्य पदाधिकारी सहित सदस्यहरु निर्विरोध निर्वाचित भएका हुन् ।

२०४५ सालमा काठमाडौंको सुविधा नगरमा स्थापना भएको उपभोक्ता संघले टोलमा  विभिन्न सामाजिक सुधारका काम गर्दै आएको छ । टोलमा सरसफाई देखि सिसि क्यामेरा जडान त्यस्तै बागमती नदी किनारमा पार्क निर्माण जस्ता कार्य गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link