आइतबार सुरु भएको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को आठौँ महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन माथि छलफल हुनेछ ।
बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । उनले प्रतिवेदनमा ‘आफ्नै चिरफार’ गरेको उद्घाटन सत्रमा बताइसकेका छन् । सो प्रतिवेदनमाथि प्रतिनिधिहरूले सामूहिक छलफल गरेर पुनः प्रस्तुत गर्नेछन् । त्यस्तै बन्दसत्रमा विधानलगायत अन्य प्रतिवेदन समेत पेस बताइएको छ ।
राजनीतिक प्रतिवेदन, विधान पारितसँगै नयाँ नेतृत्वको चयन गर्ने कार्यसूची रहेको माओवादी केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । राष्ट्रिय सम्मेलनको तयारी पूरा गरिसकेको माओवादीले शनिबार मात्रै महाधिवेशनमा रुपान्तरण गर्ने स्थायी समितिले निर्णय गरेको थियो। त्यसलाई आइतबार बिहान केन्द्रीय समितिको बैठकले औपचारिकता दिएको थियो।




