निर्वाचनको मिति तोक्न विषयमा प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बीच छलफल भएको छ । प्रधानमन्त्री निवासमा बालुवाटारमा भएको छलफलमा चुनाव केन्द्रीत वार्ता भएको बताइएको छ । भेटमा दाहालले प्रधानमन्त्री देउवालाई बैसाखमा संघीय र प्रदेशको निर्वाचन गर्न प्रस्ताव गरेको स्रोतले जनाएको छ । उनले स्थानीय निर्वाचन भन्दा संघीय र प्रदेशको निर्वाचन पहिला गर्न माग गरेका हुन् । सो विषयमा प्रधानमन्त्री देउवाले केही जवाफ नदिएको बताइएको छ ।

देउवा र दाहालबीच छलफलमा वैशाखमै गर्नुपरे कति गते गर्ने वा सार्नपरे कहिलेलाई सार्ने विषयमा छलफल केन्द्रीत रहेको स्रोतले जनाएको छ ।   बिहीबार मन्त्रिपरिषद् बैठकमा निर्वाचन मिति तोक्ने विषयमा छलफल हुने बताइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link