राष्ट्रिय सभाका पूर्वसदस्य तथा व्यवसायी लक्ष्मीदास मानन्धरको निधन भएको छ । ९४ वर्षको उमेरमा गएराति ह्याम्स अस्पतालमा मानन्धरको निधन भएको हो ।

उनीले लामो समय साल्ट ट्रेडिङ्गको अध्यक्ष रहेर काम गरेका थिए ।  नेपालमा नुनको कारोबारलाई व्यवस्थित गर्न र मूल्यमा एकरूपमा कायम गराउन उनको महत्त्वपूर्ण भूमिका रहेको छ । टेडिङ

उनलाई नेकपा एमालेले २०५८ सालमा राष्ट्रिय सभामा सदस्य बनाएको थियो । राष्ट्रिय सभाका सदस्यका रुपमा रहे पनि उनी राजनीतिमा कम र व्यवसायमा नै बढी सक्रिय रहँदै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

Share via
Copy link