नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । कांग्रेसमा संस्थापन इतर पक्षको ‘नेतृत्व’ गरिरहेका नेता कोइराला संसद्को प्रमुख प्रतिपक्षी दलका नेता ओलीलाई भेट्न उनको निजी निवास बालकोट पुगेका हुन् ।
भेटमा दुई नेताबीच आगामी वैशाख ३० गते हुने स्थानीय निर्वाचन र पछिल्लो राजनीतिक घटनाक्रम (अमेरिकी आर्थिक सहायता ‘एमसीसी’ सम्झौता)का बारेमा छलफल भएको बताइएको छ ।
एमसीसीकै विषयमा छलफल गर्न प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले २ दिन अगाडि ओलीलाई सरकारी निवास बालुवाटार बोलाएका थिए ।
आइतबार प्रधानमन्त्री देउवा, एमाले अध्यक्ष ओली र सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बीच बालुवाटारमा छलफल भएको थियो ।




